१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग



अ+ अ-

दाङ। लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग उपलब्ध गराउनुहुने भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरूप पठाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोषमा रु तीन करोड पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्मा परी मृत्यु भएका प्रदेशका नागरिकका परिवारलाई रु एक लाखका दरले थप राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । यसका लागि प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन निर्देशिका संशोधन गरी आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीका कारण लुम्बिनी प्रदेशका नागरिकसमेत प्रभावित भएपछि प्रदेश सरकारले उद्धार, राहत तथा पुनस्र्थापनालाई प्राथमिकतामा राख्दै आएको छ ।

यसैगरी, बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय नेपालगञ्जमा रहने गरी स्थान तोकेको छ ।

प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी मुख्यमन्त्री कार्यालयका सचिव वीरेन्द्रबहादुर केसीलाई तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । रासस