१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता



अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

भदौ १५ गते साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार बाढीमा परेर निधन भएका हालसम्म ९ सय ३९ जनाको शव फेला परेको हो ।

प्राधिकरणकाअनुसार बाढीका कारण सबैभन्दा बढी चितवनमा २ सय ७९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये केही मानव अङ्गहरू मात्र रहेको प्राधिकरणले जनाएको छ ।

विपद्मा परी हालसम्म ३ हजार ९ सय २५ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ८३ जना सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ६३९ कामदार, ५९२ विदेशी नागरिक र अन्य सर्वसाधारण रहेका छन् ।

बाढीमा परी घाइते भएका २ सय ७९ जनामध्ये १ सय ६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घाइतेहरूको विस्तृत विवरण प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा उपलब्ध गराइएको छ । नेपाली सेनाले मात्रै हालसम्म २ हजार ७ सय जनाको स्वास्थ्य उपचार गरेको जानकारी दिएको छ ।

खोज तथा उद्धार कार्यका लागि सरकारले २१ हजार ८ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ८ हजार ८ सय ९६, नेपाल प्रहरीका ७ हजार ९ सय ९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म २ सय ५३ विदेशी र ३ हजार ४०४ नेपाली नागरिकको उद्धार गरिएको छ । सेनाले आज मात्रै ८८ पटक उडान भरेको छ भने निजी क्षेत्रबाट पनि २९ वटा उडान भएका छन् । पहिचान खुल्न नसकेका शवहरू विभिन्न २१ वटा अस्पतालमा राखिएको छ । –न्युज एजेन्सी नेपाल