१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी



अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको खोज तथा उद्धार जारी छ ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मित्रराष्ट्रबाट आएको विशेषज्ञसहितको टोलीले खोजीलाई तीव्र बनाएको छ ।

उद्धार टोलीले नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको ‘क्राउन हेड’ फेलापारी ‘कम्प्रेसर’बाट सुरुङभित्र अक्सिजन पठाएको छ । टनेलभित्र पानी भरिएकाले पम्पबाट पानी फाल्ने तयारी गरिरहेको नेपाली सेनाले जनाएको छ । यस्तै त्रिशूली-३ ‘बी’ आयोजनाको सुरङ क्षेत्रमा पनि फौज परिचालित भई उद्धारको काम गरिरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि खटिइएको टोली करिब १०० मिटरभित्र पुगी सो भन्दा पर पुगेको छ । सो सुरुङ पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको छ । मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोलीसहित सयुक्त रूपमा रसुवाको हाकुबेँसी, चिलिमे र लाङटाङस्थित सुरुङ इलाकामा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका जङ्गल, डाडाँ, खोला र वस्तीमा स्थानीयलाई सुरक्षा दिन र उद्धारको आवश्यकता मूल्याङ्कनका लागि सेनाले पैदलगस्ती सुरु गरेको छ । त्यसक्रममा स्याफ्रुबेँसी क्षेत्रमा राहत तथा राशन वितरण र लाङटाङ जलविद्युत् इलाकामा ‘रेकी’ तथा ‘पट्रोल’ सञ्चालन गरिएको छ ।

आपत्कालीन उपचार केन्द्र त्रिशूली र धुन्चेमा हालसम्म दुई हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

रसुवाको टिमुरेबाट नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ५०० बढी सैनिक खटिइएका छन् ।

सेनाले भदौ १० गतेदेखि हालसम्म स्वदेशी र विदेशीसहित तीन हजार २१ जनाको उद्धार गरेको छ । आज मात्रै हेलिकप्टरमार्फत ६२४ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।