१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार



अ+ अ-

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनालाई उद्धार गरेका छन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना तथा त्रिशूलीबाट काठमाडौं तीन जनाको हवाई उद्धार गरेको जनाएको छ।

त्यस्तै, निजी क्षेत्रका हेलिकप्टर कम्पनीमध्ये कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना तथा अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन्।

प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना र वीर अस्पतालमा दुई जना, सिम्रिकले रसुवा–टिचिङ अस्पताल दुई जना, फिसटेलले रसुवा–टिचिङ अस्पताल पाँच जना तथा एभरेष्ट हेलिकप्टरले रसुवा–टिचिङ अस्पताल दुई जनाको उद्धार गरेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत थप प्रभावितको उद्धार गर्ने कार्य जारी रहेको जनाइएको छ।