१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान



अ+ अ-

रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा गएको भूकम्पपछि खसेको हिमपहिरोका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले बिहान ८ बजेर ३७ मिनेटमा तिब्बती क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए। भूकम्पपछि हिमपहिरो खसेको र त्यसैका कारण बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ।

यद्यपि, घटनाको वास्तविक कारणबारे थप पुष्टि आवश्यक रहेको मन्त्री खनालले स्पष्ट पारे। उनका अनुसार बिहान करिब ८ बजेर ४० मिनेटमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ।

मन्त्री खनालले बाढीका कारण केही नेपालीको ज्यान गएको सूचना सरकारलाई प्राप्त भएको समेत संसद्लाई जानकारी गराए। घटनाको थप विवरण संकलन तथा क्षतिको यकिन गर्ने काम भइरहेको उनले बताए।




भर्खरै