१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा



अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको र अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन्।

उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय जनाइएको छ। मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ। एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान अलर्ट गरिएको जनाइएको छ।

सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित निकायबाट आउने उद्धारसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विषयमा १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।