१० भाद्र २०८३, बुधबार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति



अ+ अ-

काठमाडौं ।रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ।

बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा जोखिम बढेपछि सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। सरकारले उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चाल्नसमेत निर्देशन दिएको जनाएको छ।

सरकारले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी हुने सूचना र चेतावनीको पालना गर्न आग्रह गर्दै सरकारले बाढीको अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहको पछि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ।

यस्तै, जोखिममा रहेका नागरिकले एकअर्कालाई सचेत गराउन तथा आपत्कालीन अवस्था सिर्जना भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सरकारले अनुरोध गरेको छ।