९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित



अ+ अ-

काठमाडौँ। गरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित हुनुभएको छ ।

सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा आज सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । पोखरेल सङ्घको विधान २०५७ (संशोधन सहित २०५९) अनुसार अध्यक्ष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, सङ्घको प्रथम उपाध्यक्षमा डिकी शेर्पा, द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा वाङ्दा शेर्पा तथा सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा निर्वाचित हुनुभएको छ ।

सङ्घले सगरमाथा आरोहीको हकहित र पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा लामो समयदेखि कार्य गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पोखरेलले आगामी कार्यकालमा आरोहीहरूको सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र पर्वतारोहण पर्यटनको विकासमा  भूमिका खेल्ने बताउनुभयो । रासस