७ भाद्र २०८३, आईतवार
,
Latest
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने



अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुटबन्दी र विवाद नरहेको सन्देश दिनुभएको छ ।

आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले पार्टी कार्यकर्तालाई यस्तो सन्देश दिनुभएको हो ।

उहाँले पार्टीभित्र विवाद रहेको विषयमा बजारमा हुने गरेका हल्लाहरुको पछि नलाग्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

उहाँले पार्टीको प्रथम महाधिवेशनमार्फत समायोजनको सम्पूर्ण कार्य सम्पन्न भइसको समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टीले बनाएको विधि, निर्देशिका, नियमावली तथा अनुमोदित राजनीतिक दस्तावेजको अक्षरशः पालना गरिने समेत स्पष्ट पार्नुभयो । उहाँले विधि मिचेर आफ्नो अस्तित्वमाथि प्रश्न आउने काम हुन नदिने कुरमा आफू स्पष्ट रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आफू नेतृत्वमा भएको बेलामा विधि मिचे भने मेरो अस्तित्वमा पनि तपाईंहरु प्रश्न गर्न पाउनुहुन्छ । त्यसकारण मेरो अस्तित्वमा प्रश्न आउने काम मेरो कार्यकालमा नहोस् भन्ने कुरामा म सचेत छु । क्यान्डिडेट क्लव, लिडरसिप एकेडेमी यी सबै कुराहरुको अक्षरशः पालना गरेर उम्मेदवारहरुको पालना हुन्छ । पार्टीले अनुमोदन गरेका राजनीतिक दस्तावेजहरुको अक्षरशः पालना हुन्छ । पार्टीले बनाएको विधि, निर्देशिका, अनियमावलीको अक्षरशः पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौँ । हिजो समायोजनको विषयलाई लिएर एउटा ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको थियो । त्यसकारण हामीले विभिन्न साथिहरुसँग समायोजन गरेर महाधिवेशनमा समायोजन टुंग्याएका हौँ । चितवनमा जे जे कुरा भएको थियो । त्यो कुरा मुग्लिन कटेर आएको छैन । त्यतै छ । त्यसकारण बजारमा आउने हल्ला र गसिपको पछि लाग्ने साथिहरु पछि पर्नुहुन्छ ।’

उहाँले आउँदो स्थानीय तह निर्वाचनमा क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीलगायत पार्टीका संरचना तथा प्रक्रियाको पालना गर्दै उम्मेदवार गरिने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल