६ भाद्र २०८३, शनिबार
,
Latest
छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ ।

विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न सूचना जारी गरेको हो ।

विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको जनाउनुभयो । चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान, स्वामित्व परिवर्तनलगायत विषयमा कानुन र निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको छ । रासस