६ भाद्र २०८३, शनिबार
,
Latest
मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनुभएको छ ।

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनुभएको हो । २०६२÷६३ को परिवर्तनपछि नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रास्वपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दाबी छ ।

उहाँले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताउनु भयो । उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको पनि आरोप लगाउनु भयो । सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उहाँको आरोप छ ।

सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उहाँले दाबी गर्नुभयो । उहाँले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण सर्मनाक हार व्यहोर्नुपरेको बताउनुभयो । बाह्य शक्तिको प्रभाव भएपनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उहाँको भनाई छ । उहाँले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताउनु भयो । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताउनु भयो । वर्तमान सरकारका नीतिका कारण सुकुम्बासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं । अब अहिले यो संसदीय व्यवस्था छ । संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली काँग्रेस थियो एकबेलामा । खासगरी अब ६२÷६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हुन्थ्यो । अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ । उसले व्यापक दमन–मर्दन सुरु गरेको छ । उसले जुन नीति कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन, नीति । सबै माथिल्लो वर्गको हितमा ल्याएको छ । बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ । यी कर भारहरु हेर्नुस्, यति धेरै कर भारहरु अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ । त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रासामु आएको छ ।’

उहाँले सबै कम्युनिस्ट शक्तिहरु एकतावद्ध भएर नयाँ ढंगले समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । विगतका कमी कमजोरी सच्याएर अगाडी बढेमा कम्युनिष्ट पार्टीले सफलता हासिल गर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल