६ भाद्र २०८३, शनिबार
,
Latest
मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाउनुभएको छ ।

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताउनुभएको हो ।

उहाँले दजनौँ पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताउनु भयो ।

मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उहाँको भनाई छ । पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेकोले उहाँले बताउनुभयो ।

केन्द्रीय समितिसहित तल्ला तहका कमिटीहरूमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उहाँको दाबी छ । उहाँले कम्युनिष्ट पार्टीका संगठनहरु चुस्तदुरुस्त हुनुपर्ने बताउनु भयो । उहाँले पार्टी नेताहरुमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप लगाउनु भयो । पदप्राप्ती र पद मोहका कारण कम्युनिष्ट आन्दोलन विघटनउन्मुख अवस्था पुगेको उहाँको भनाई छ । उहाँले महाविधेशनका लागि आवश्यक साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पु¥याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका कार्यमा पनि ढिलाई भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनताले प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको दस्ताबेज संविधानको रक्षा गर्ने र अलिकति रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनका निम्ति हामीले सुदृढ कम्युनिस्ट पार्टी सिङ्गो एउटा वाम आन्दोलनलाई केन्द्रित गर्ने कम्युनिस्ट एकताको अभियानलाई अगाडि बढाउनुपर्दछ । छरिएर रहेका देशभक्त शक्तिहरूलाई एकतावद्ध गर्नुपर्दछ । त्यसको निम्ति पहिलो साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पु¥याउने, पार्टी सदस्यता नवीकरण गर्ने, एकताका नाममा बनेको भद्दा सङ्गठन जहाँ करिब करिब जनवादको अभ्यास नै छैन । हामी केन्द्रीय कार्य सम्पादन समितिमा त धेरै लामो बैठक बस्यौँ, छलफल ग¥यौँ । त्यो तलका समिति यति ठूला बनेर गएका छन् जहाँ दोहोरो संवाद करिब करिब हुन्न । कमरेडहरूका मनमा पनि धेरै कुरा छन्, राख्ने कुरा होलान् । दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन् । यस्ता सङ्गठन कम्युनिस्ट पार्टीका हुन्नन् । तर एउटा अचम्मको संस्कार हामीकहाँ आएको छ, हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नु हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको आदर्श हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको निष्ठा हुन्थ्यो । अनि केही कुरा आयो भने भो जिम्मा आयो भने भो अरूलाई दिनुस्, अर्को कमरेडलाई दिनुस्, पटकपटक चाहिँ त्यो प्रकारको हुन्थ्यो । अब अहिले अलि बढी चाहिँ शायद यो खुला प्रतिस्पर्धाको राजनीतिले होला, पदप्रति अलि बढी हाम्रो माथिदेखि नै त्यो प्रकारको आकांक्षा छ । त्यो पदाधिकारीस्तरको भन्ने कमिटी ४५ जनाको छ केन्द्रमा, तल कसैलाई दोष छैन । तर मैले भन्न खोजेको सङ्गठनात्मक संरचना जुन एउटा कम्युनिस्ट पार्टीको हुने हो, त्यो प्रकारको छैन । हामी एकताको एउटा विशिष्ट क्षणबाट आएका छौँ, त्यसैले हामी दर्जन सहइञ्चार्ज, दर्जन सहसंयोजक इत्यादि पनि हाम्रा निम्ति स्वीकार्य छन् । २४९९ भनेको केन्द्रीय समितिमा म किन परिनँको प्रश्नको जवाफ दिन ती अझै विस्तार हुँदैछन् । यो भनेको कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन, मैले बडा स्पष्ट भन्न चाहन्छु । त्यसैले हामी  चाहिँ आगामी मङ्सिरमा गरिने महाधिवेशनको माध्यमबाट चुस्त–दुरुस्तको कम्युनिस्ट पार्टी निर्माण गर्ने एउटा कार्यभारलाई लिएर आएका छौँ ।’

उहाँले पछिल्लो राष्ट्र सबैभन्दा बढी संकटमा परेको बताउनु भयो । राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पनि सुदृढ बनाउनुपर्ने अवस्था आएको उहाँको भनाई छ । वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल