६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच



अ+ अ-

बाँके। बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो ।

गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती अवस्थाका जटिलता समयमै पहिल्याउने उद्देश्यले गाउँपालिकाले आन्तरिक स्रोत जुटाएर निः शुल्क ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा पनि सञ्चालनमा ल्याइएको छ । भिडियो एक्सरेमा जोखिम देखिएमा स्वास्थ्यकर्मीले तत्काल विशेषज्ञ अस्पतालमा प्रेषण (रेफर) गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसबाहेक सुत्केरी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा बर्थिङ सेन्टरमा प्रयोगशाला सुविधा विस्तार गरिएको छ ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार बैजनाथका आठ वटै वडामा स्वास्थ्य संस्था क्रियाशील छन् । बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको टोली कार्यरत छ भने चिसापानी, नौवस्ता र टिटिहिरियामा स्वास्थ्य चौकी तथा अन्य वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित रहेका उहाँले जानकारी दिनुभयो । सङ्क्रमण तथा विपद् व्यवस्थापनका लागि पालिका र वडास्तरमा ‘रेपिड रेस्पोन्स टिम’ समेत परिचालन गरिएको छ ।

सामाजिक विकास समिति संयोजक भूमिसरा रानाले सीमान्तकृत वर्ग, आमा र शिशुको स्वास्थ्य सुधारका लागि आधुनिक प्रविधि र घरदैलोमै पुग्ने स्वयंसेविकामार्फत गुणस्तरीय सेवा प्रवाह भइरहेको बताउनुभयो । रासस