६ भाद्र २०८३, शनिबार
,
Latest
लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिज अन्तर्गत बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्धको खेलमा नेपाल ‘ए’ पुरुष टोलीले टस हारेर ब्याटिङको मौका पाएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मारारा खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले हार व्यहोरेको थियो । नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै जितको खाता खोल्ने योजनामा छ ।

टप एन्ड टी-२० सिरिजको इतिहासमा बङ्गलादेशविरुद्ध नेपालको यो दोस्रो भेट हो । गत संस्करणमा भएको खेलमा बङ्गलादेश ‘ए’ विरुद्ध नेपाल ३२ रनले पराजित भएको थियो ।

जारी प्रतियोगिताका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् । रासस