३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात



अ+ अ-

काठमाडौं । एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।

भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु छ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताउनुभयो ।

नेपाली जडीबुटीको परम्परागत बजार भारत हो । पछिल्लो समय बङ्गलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ । यस अवधिमा बङ्गलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (रु दुई करोड तीन लाख ८६ हजार), ४० मेट्रिक टन क्यानोला तेल (रु एक करोड २८ लाख ३६ हजार) र पाँच मेट्रिक टन सतावर (रु ९४ लाख ५६ हजार) निर्यात भएको छ ।

कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन् । १२ मेट्रिक टन पदमचालबाट रु ९४ लाख ८८ हजार र पाँच मेट्रिक टन जटामसीबाट रु ६३ लाख ८० हजार आम्दानी भएको छ ।

यसबाहेक २६ मेट्रिक टन चुत्रो (रु ११ लाख ४१ हजार), २२ मेट्रिक टन नागबेली पाउडर (रु १० लाख १८ हजार), आठ मेट्रिक टन अमला (रु आठ लाख ६७ हजार) र दुई मेट्रिक टन टिमुर (रु आठ लाख) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन् ।