३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते



अ+ अ-

कावुल। अफगानिस्तानको राजधानी कावुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालय बाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन् ।

कावुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमवार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विष्फोटबारे विस्तृत अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा भएर विद्यार्थीहरू घर फर्किने क्रममा उक्त विस्फोट भएको थियो । घाइते हुनेहरूमा अधिकांश छात्राहरू रहेका छन् ।

एक प्रत्यक्षदर्शीकाअनुसार विष्फोटमा परी घाइते भएका करिब ३० जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । घटनाको हालसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल