१ भाद्र २०८३, सोमबार
,
Latest
प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभएको छ।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले विद्युत् उत्पादन, प्रसारण, वितरण र मागबीच सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुभयो।

सचिव दवाडीले प्राधिकरणले अब विद्युत् उत्पादन र वितरणको विस्तारसँगै गुणस्तरीय तथा भरपर्दो सेवा, आन्तरिक विद्युत् खपत वृद्धि र विद्युत् व्यापार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले प्राधिकरणको सफलता अब उत्पादन तथा वितरण क्षमताबाट मात्रै मापन गर्न नहुने धारणा राख्नुभयो।

उपभोक्ताले कति भरपर्दो र सुरक्षित विद्युत् सेवा पाइरहेका छन्, विद्युत् जडान प्रक्रिया कत्तिको सहज छ तथा प्राविधिक समस्या र गुनासो कति छिटो समाधान हुन्छ भन्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ।

जलविद्युत्सँगै सौर्यलगायत नवीकरणीय ऊर्जाको उत्पादन बढिरहेको उल्लेख गर्दै उहाँले उत्पादित विद्युत् उपभोक्ता तथा बजारसम्म पुर्‍याउन प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणालीको विकास पनि सोही गतिमा अघि बढाउनुपर्ने बताउनुभयो।

“उत्पादन आयोजना तयार हुने तर प्रसारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछ,” उहाँले भन्नुभयो, “हामीले उत्पादन, प्रसारण, वितरण र मागबीच सन्तुलन कायम राख्नुपर्दछ।”

उहाँले उत्पादित विद्युत्को आन्तरिक खपत बढाउनु सरकारको प्रमुख रणनीति रहेको बताउनुभयो। औद्योगिक क्षेत्र, कृषि तथा सिंचाइ, विद्युतीय यातायात तथा घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढाएर व्यापार घाटा न्यूनीकरणसँगै आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सकिने उहाँको भनाइ छ।

नेपालको विद्युत् क्षेत्र राष्ट्रिय सीमाभन्दा बाहिरसमेत विस्तार भइरहेको उल्लेख गर्दै सचिव दवाडीले भारतसँग विद्युत् व्यापार निरन्तर विस्तार भइरहेको र बंगलादेशसँग पनि विद्युत् व्यापारको नयाँ अध्याय सुरु भइसकेको बताउनुभयो।

दक्षिण एसियाली स्वच्छ ऊर्जा बजारमा नेपालको विद्युत्लाई जोड्न अन्तरदेशीय प्रसारण संरचना, प्रणालीको विश्वसनीयता, व्यापारिक क्षमता र नियामकीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने उहाँले बताउनुभयो।

ऊर्जा क्षेत्रको बढ्दो आकार, निजी तथा वैदेशिक लगानी र प्रविधिको तीव्र विकासलाई सम्बोधन गर्न संस्थागत संरचना तथा कार्यप्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको उहाँको भनाइ छ। विद्युत् क्षेत्रका संस्थालाई थप व्यवस्थित, विशिष्टीकृत, पारदर्शी र कार्यसम्पादनमा आधारित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

सचिव दवाडीले प्राधिकरणका कर्मचारीलाई सुशासन र संस्थागत अनुशासनमा ध्यान दिन निर्देशन दिँदै नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो। उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा कुनै सम्झौता नगर्न उहाँले निर्देशन दिनुभयो।

गुणस्तरीय सेवा विस्तार, पूर्वाधारको समयबद्ध विकास, विद्युत् प्रणालीको विश्वसनीयता वृद्धि, आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत् व्यापार विस्तार, सुशासन, पारदर्शिता र वित्तीय दिगोपनालाई आगामी दिनका साझा प्राथमिकता बनाउनुपर्ने उहाँको भनाइ छ।