१ भाद्र २०८३, सोमबार
,
Latest
प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती



अ+ अ-

काठमाडाैँ । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गर्नुभएको छ । उहाँले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिनुभएको हो । यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको र खेती गर्न सरल हुने भएकाले उहाँले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्नुभएको हो । “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उहाँले भन्नुभयो, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”

उहाँले साउन मसान्तसम्म ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गर्दै आउनुभएको छ । बारीमा एक हजार २०० केजी खुर्सानी टिप्न बाँकी छ । उहाँले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु एक लाख ६० हजार आम्दानी गर्नुभएको छ ।

“यहाँ उत्पादन भएको खुर्सानी बिक्रीका लागि अहिलेसम्म बजारको समस्या छैन,” उहाँले भन्नुभयो, “खुर्सानी स्थानीय बजार तथा पोखराका बजारमा बिक्री हँुदै आएको छ ।”

चार वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्नुभएका उहाँले आफ्नै गाउँ ठाउँमा फर्केर व्यावसाय गर्ने क्रममा खुर्सानी खेती रोज्नुभएको हो । बाँझो रहेको जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा उहाँलाई लिन सकिन्छ ।