१ भाद्र २०८३, सोमबार
,
Latest
बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि दुर्गालाल श्रेष्ठको निधन



अ+ अ-

काठमाडाैँ । नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ ।

शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिन भएको छ । उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।

विसं १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।

उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गर्नुभएको थियो । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो ।