३० श्रावण २०८३, शनिबार
,
Latest
सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक रूपमा महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’लाई छिट्टै संयुक्त राज्य अमेरिकाको क्षेत्र घोषणा गर्ने बताउनुभएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान पूर्ण रूपमा पराजित हुने क्रममा रहेको दाबी गर्दै त्यसपछि उक्त जलक्षेत्रलाई अमेरिकी भूभागका रूपमा घोषणा गर्ने उल्लेख गर्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा ट्रम्पले भन्नुभयो, ‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले नराम्रोसँग पराजित भइरहेको छ । मैले छिट्टै होर्मुज जलसन्धिलाई संयुक्त राज्य अमेरिकाको क्षेत्रका रूपमा घोषणा गर्नेछु ।’

विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख जलमार्ग मानिने होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भनाइ आएको हो । यद्यपि, यस्तो घोषणाको कानूनी प्रक्रिया र अन्तर्राष्ट्रिय प्रभावबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल