२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने



अ+ अ-

 नयाँ दिल्ली। इरानका राष्ट्रपति मसूद पेजेश्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउनुहुनेभएको इरानी स्रोतहरूले शुक्रबार बताएका छन् ।

राष्ट्रपति पेजेश्कियान सेप्टेम्बरमा भारतीय राजधानीमा हुने शिखर सम्मेलनका लागि सहभागिता हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो ।

भारतले आफ्नो सन् २०२६ को अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलन भारतको ‘लचिलोपन, नवीनता, सहकार्य र दिगोपनका लागि निर्माण’ विषयमा केन्द्रित हुनेछ।

भारतले सन् २०२६ को सुरुवातमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता सम्हालेको थियो।

सन् २०२४ अक्टोबरमा पेजेश्कियानले रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो । भेटमा दुवै नेताहरूले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका थिए।

इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको थियो। इन्डोनेसिया सन् २०२५ मा समूहमा सामेल भएपछि पूर्ण सदस्यहरूको सङ्ख्या ११ पुगेको छ।

यसअघि जुन महिनामा इरानी विदेशमन्त्री अब्बास अराघची ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आउनुभएको थियो ।

बैठकपछि राजधानीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अराघचीले नयाँ दिल्लीको बढ्दो प्रभावलाई विश्वव्यापी शान्तिदूतका रूपमा महत्त्व दिनुभयो । पश्चिम एसियाको अस्थिर अवस्थामा तनाव कम गर्न भारतले ‘ठूलो भूमिका’ खेल्न सक्ने धारणा उहाँको थियो । अराघचीले भन्नुभयो, “तेहरानले सशस्त्र द्वन्द्वमा कुनै भविष्य देख्दैन। वर्तमान् सङ्कटको कुनै सैन्य समाधान छैन र ‘वार्तामार्फत समाधान’ मात्र व्यवहार्य मार्ग हो।

तेहरान भारतीय मध्यस्थताप्रति खुला रहेको कुरा जोड्दै उहाँले टिप्पणी गर्नुभएको थियो, “हामी भारतको कुनै पनि रचनात्मक भूमिकालाई स्वागत गर्नेछौँ।”

अराघचीले विदेशमन्त्री एस जयशङ्करसँग पनि वार्ता गर्नुभएको थियो, जहाँ उहाँले मित्र राष्ट्रहरूले इरानमाथि व्यावसायिक सुरक्षाका लागि भर पर्न सक्ने कुरा पुष्टि गर्नुभयो ।

अराघचीले भन्नुभयो, “इरानले सधैँ हर्मुजमा सुरक्षाको रक्षकका रूपमा आफ्नो ऐतिहासिक कर्तव्य निर्वाह गर्नेछ। (रासस/एएनआई)