२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड



तस्बिर: गोपाल दाहालररासस
अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान समयमा देशको अस्तित्व र राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक परिस्थितिलाई चिर्न काँग्रेस एकजुट हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

नेता कोईरालाले स्वास्थ्य उपचारपश्चात् करिब पाँच महिनापछि स्वदेश फर्कनुभएका पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको सुस्वास्थ्यको कामना गर्नुभयो ।

नेता कोइरालाले नेपाली काँग्रेस सधैँ सबैलाई मिलाएर लैजाने र निरंकुशता स्वीकार नगर्ने पार्टी भएको स्मरण गराउनु भयो । उहाँले पार्टीभित्र विद्यमान विभाजित मानसिकतालाई अन्त्य गरी संगठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस एकजुट भएमा मात्र अन्य राजनीतिक दल र शक्तिहरूसँग सहकार्य र एकताको वातावरण बन्ने र त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘मुलुक अहिले अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । देशको अस्तित्व र राष्ट्रियतामाथि खतरा उत्पन्न भएको छ । यो परिस्थिति किन निर्माण भयो भन्नेबारे हामीले गम्भीर समीक्षा गर्न आवश्यक छ  । संसद कुन अवस्थामा छ भन्ने हामी सबैले देखिरहेकै छौँ । प्रजातन्त्रको मूल मन्त्र मानिने प्रेस स्वतन्त्रतामाथि अहिले अध्याँरो बादल छाउन थालेको छ । यसलाई चिर्न नेपाली कांग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’

न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका विषयमा बोल्दै नेता कोईरालाले न्यायालयको निर्णयलाई काँग्रेसले सधैँ सम्मान गर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल