काठमाडौँ। पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौं हुने भएको छ ।
जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो । कुल १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार र ट्रफी पाउनेछ ।
जापानिज एजुकेसन ग्रुपले बानेश्वरमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । उक्त कार्यक्रममा समूह विजेता पनि भएको थियो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उक्त खेल बालुवाखानी कपअन स्पोर्ट्स सेन्टर हुने आयोजक जापानिज एजुकेसन ग्रुपले जनाएको छ ।
समूह ‘ए’ ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेशनल कन्सल्टेन्सी, शिकाता एजुकेशनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्राली छन् ।
समूह ‘बी’ इकिगाई एजुकेशनल कन्सल्टेन्सी, तिरुपाती एचआर सोलुसन प्रा.लि., कोउम्योउ इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्राली र न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा खेल्नेछन् । लिगचरणको खेल १४ मिनेटको हुनेछ । नकआउट (सेमिफाइनल र फाइनल) मा १५ मिनेट खेलाइने जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले जानकारी दिए ।
प्रतियोगिताको उपविजेताले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी मेडल पाउनेछन् । उक्त खेलमा फिफा रेफ्री माया लामाद्वारा सञ्चालन हुनेछ । प्रतियोगिताको बेस्ट प्लेअर र गोलकिपरले पनि ट्रफी प्राप्त गर्नेछन् ।
हरेक टोलीबाट विद्यार्थीसँगै गुरु र सञ्चालकसमेत अनिवार्य खेलाउने प्रावधान राख्नुको उद्देश्य अध्ययनरत विद्यार्थीलाई थप अनुशासित बनाउनु रहेको जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताए ।
उनले नेपालमा मेहनती विद्यार्थीसँगै अनुशासित युवा जनशक्ति पनि उत्पादन हुन्छ भन्ने सन्देश दिन यो प्रतियोगितामाध्यम बन्नसक्ने आशा व्यक्त गरे । त्यसैले पनि फिफा रेफ्री नै राखेर प्रतियोगिताको सञ्चालन गरिएको तामाङले उल्लेख गरे । –न्युज एजेन्सी नेपाल











