२७ श्रावण २०८३, बुधबार
,
Latest
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप बोर्डमा पूर्वखेलाडीको वर्चश्व



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक पूर्वखेलाडीको वर्चश्व देखिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै पूर्वखेलाडीको उपस्थिति थप बलियो बनेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट चौधरी र नाथलाई मनोनयन गर्नुभएको हो ।

नवनियुक्त सदस्य धनीराम चौधरी हाल प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ पूर्वराष्ट्रिय धावकसमेत हुनुहुन्छ । चौधरीले ४०० र ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो । त्यस्तै, ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उहाँ पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध हुनुहुन्थ्यो ।

राखेपको उपाध्यक्षमा पूर्वफुटबल खेलाडी विशाल श्रेष्ठ हुनुहुन्छ । उहाँ गोलकिपरका रूपमा फुटबल खेल्नुभएको थियो । त्यस्तै, बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुनुहुन्छ । उहाँ विश्व महिला टेबल टेनिस वरियतामा ५१०औँ स्थानसम्म पुग्नुभएको थियो । उहाँ स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजेतासमेत हुनुहुन्छ ।

बोर्ड सदस्य शक्ति गौचन पूर्वक्रिकेटर तथा प्रशिक्षक हुनुहुन्छ । नेपाली क्रिकेटको विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । त्यस्तै, बोर्ड सदस्य मोनालिसा खम्बु पूर्वचेस खेलाडी हुनुहुन्छ । उहाँ बुद्धिचालमा परिचित खेलाडी हुनुका साथै सन् २००६ मा एसियन गेम्सको छनोटमा पर्नुभएको थियो । नेपालबाट अन्तर्राष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी हुने उहाँ पहिलो पुस्ताका खेलाडीमध्ये एक हुनुहुन्छ । उहाँ नेपाली महिला खेलाडीमध्ये १ हजार ८७७ रेटिङसहित उच्च रेटिङ बनाउने खेलाडीसमेत हुनुहुन्छ ।

पूर्वफुटबल खेलाडी पवन शाही पनि राखेप बोर्ड सदस्य हुनुहुन्छ ।

पछिल्ला मनोनयनसँगै राखेपको नीति निर्माण गर्ने बोर्डमा विभिन्न खेलका पूर्वखेलाडीको संख्या बढेको छ । खेल क्षेत्रमै लामो समय अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले खेलकुदसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणमा व्यावहारिक अनुभव उपयोग हुने अपेक्षा गरिएको छ ।