११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिमा जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी स्रेस्ताबारे भएको छलफलमा अर्थमन्त्री वाग्लेले भविष्यमा यस्ता घटनाबाट सरकारी अभिलेख नष्ट हुन नदिन कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनेतर्फ सरकार अघि बढिरहेको बताउनुभएको हो ।

उहाँले २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका स्रेस्ता जलेर नष्ट भएको जानकारी दिँदै प्राथमिक अभिलेख नष्ट भए पनि उपलब्ध द्वितीयक तथ्यांक र दस्तावेजका आधारमा क्षति यथासम्भव पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

‘प्राइमरी डाटा नष्ट भयो भने सेकेन्डरी डाटाबाट यसलाई सकेसम्म कम्पन्सेट गर्नु नै वैज्ञानिक र स्वाभाविक बाटो हो,’ उहाँले भन्नुभयो । विनियोजन, धरौटी तथा पेस्कीलगायत रकमको हकमा बैंकिङ प्रणाली र अन्य उपलब्ध द्वितीयक तथ्यांकबाट प्रमाणीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

महालेखा परीक्षकको कार्यालयले झण्डै डेढ खर्ब रुपैयाँ बराबरको स्रेस्ता जलेर नष्ट भएकाले लेखापरीक्षण गर्न नसकिएको जानकारी गराएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले हाल प्रचलित कानूनले यस्ता घटनालाई ‘फोर्स मेजर’ अर्थात् काबुबाहिरको परिस्थिति वा दुर्घटनाको आयामभित्र समेट्ने बताउनुभयो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७ ले हालको अवस्थालाई धेरै हदसम्म सम्बोधन गर्ने उल्लेख गर्दै उहाँले कानून पर्याप्त नभए सार्वजनिक लेखा समितिको निर्देशनअनुसार संशोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको यसमा धेरै रिजिड पोजिसन छैन । समितिको मार्गनिर्देशन हामी शिरोपर गर्ने नै छौँ । त्यतिञ्जेलसम्म हामीले टेक्ने भनेको नेपालको कानून नै हो ।’

जलेका स्रेस्ताको पुनःस्थापनाका लागि वैकल्पिक दस्तावेज तथा द्वितीयक तथ्यांक खोजी, रुजु र प्रमाणीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, कुनै सरकारी अभिलेखमा अनियमितता वा दुरुपयोग भएको आशंका भए सार्वजनिक लेखा समितिले निगरानी तथा अनुगमन गर्न सक्ने बताउनुभयो ।

ठूलो क्षति भएका भूगोल तथा सरकारी कार्यालयमा स्थलगत निरीक्षण गरी विशेष निगरानी गर्न सकिने उहाँको भनाइ थियो ।

भविष्यमा सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा रूपान्तरण गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अभिलेखको डिजिटाइजेसनसँगै त्यसलाई व्यवस्थित रूपमा सञ्चालन र सुरक्षित राख्न आवश्यक डिजिटल पूर्वाधारसमेत विकास गर्नुपर्नेछ । सरकारले सार्वजनिक लेखा समितिको मार्गनिर्देशनअनुसार यस विषयमा थप कदम चाल्ने उहाँले बताउनुभयो ।