काठमाडौं । बिभाजनको डिलमा पुगेको नेपाली कांग्रेस भित्र एकताको लागि पहल गरेको जनाउने मध्यमार्गी धारका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गरेका छन् ।
नेता नैनसिंह महर, सांसद रञ्जित कर्ण सहितका नेताहरुले राष्ट्रपति पौडेलसंग शीतल निवासमा भेटघाट गरेका हुन् । भेटमा सहभागी नेताहरुले समसामयिक विषयमा छलफल केन्द्रित रहेको जनाएका छन् ।











