२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास



फाइल तस्बिर
अ+ अ-

गण्डकी। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताउनुभएको छ ।

पोखरामा आज सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताउनुभयो ।

राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । ‘केयर गिभर’का रुपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो । राजदूत बासले श्रम, रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिनुभयो ।

सन् २००१ देखि सञ्चालनमा रहेको ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनरत नेपाली विद्यार्थीले व्यावहारिक र सीपमूलक प्रशिक्षणको अवसर पाइरहको उहाँले बताउनुभयो । उक्त कार्यक्रममार्फत विद्यार्थीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अनुभवसमेत प्राप्त गर्ने गरेको उहाँको भनाइ थियो । उक्त कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको राजदूत बासले बताउनुभयो ।

इजरायलले आफ्नो प्रविधि र अनुभव विकासशील देशहरूसँग साझेदारी गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजदूत बासले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा पनि नेपाल–इजरायलबीच सहकार्य भइरहेको बताउनुभयो । पछिल्लो समय नेपाल भ्रमणमा आउने इजरायली पर्यटकको सङ्ख्या वृद्धि भएको उल्लेख गर्दै राजदूत बासले पोखरा–दुबई सिधा उडान सुरु भएपछि पर्यटक आगमनमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र इजरायलबीच सिधा हवाई उडान सेवा सञ्चालनको सम्भावनाबारे पनि छलफल भइरहेको राजदूत बासले बताउनुभयो । प्रकृति र संस्कृतिले धनी रहेको नेपालले इजरायली पर्यटकलाई आकर्षित गरिरहेको उहाँले बताउनुभयो । उहाँले आफूपनि यसअघि पाँच पटकसम्म पोखराको भ्रमणमा आएको सुनाउनुभयो ।  रासस