७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

“राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई

“राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई
अ+ अ-

काठमाडौँ। राष्ट्रिय सेवा दल विधेयकमाथि सांसद मोहम्मद इस्तियाक राईको तीखो प्रश्नः “कुन सेनाको मातहत राख्ने हो ?”

नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकको औचित्यमाथि प्रश्न उठाउँदै प्रस्तावित सेवा दललाई नेपाली सेनाको मातहत राख्ने व्यवस्थाको विरोध गर्नुभएको छ । सांसद राईले नेपाली सेनाको वर्तमान भूमिका र आकारमाथि समेत प्रश्न उठाउँदै विद्यालय तहबाटै नैतिक शिक्षा, विपद् व्यवस्थापन र सेवामूलक तालिम दिने व्यवस्था गर्नु उपयुक्त हुने बताउनु भयो ।

विधेयकमाथिको छलफलमा बोल्दै राईले गृहमन्त्रीले विभिन्न समूहसँग गरेको वार्तालाई समेत जोडेर राष्ट्रिय सेवा दललाई “कुन सेनाको मातहत” राख्न खोजिएको हो भन्ने प्रश्न गर्नुभयो ।
“कुन सेनाको मातहत राख्ने हो? भदौ २३ र २४ गतेवाला सेनाको मातहत कि पाँच दिनअघि दुई–तीनवटा सेनासँग हाम्रा मन्त्रीज्यूहरूले वार्ता गरेको सेनामार्फत राख्ने हो?” राईले प्रश्न गर्नुभयो, “सेना त धेरै छ । सरकारले नै गएर त्यो सेनासँग रिकग्नाइज गरेर वार्ता ग¥यो भने त्यो सेना त रिकग्नाइज भयो नि”

राईले गृहमन्त्री सुदन गुरुङको भूमिकातर्फ समेत संकेत गर्दै सांसद राईले सरकारले हिन्दु सम्राट सेनासहित विभिन्न समूहसँग वार्ता गरेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउनु भयो । कुनै समूहले आफ्नो नाममा सेना राखेर हिंसात्मक गतिविधि गरेको अवस्थामा त्यस्तो समूहसँग सरकारले वार्ता गर्दा त्यसले दिने राजनीतिक सन्देशबारे पनि उनले प्रश्न उठाउनु भयो ।

“त्यस्ता सेना नाम राखेर उत्पात मच्चाउने, आतंक मच्चाउने सेनाहरूसँग वार्ता गरिन्छ भने त्यस्ता सेनालाई त हामीले मान्यता दियौँ नि,” उहाँले भन्नुभयो, “नेपालमा एउटा सेना होइन, धेरै किसिमका सेना छन् भन्ने हामीले मान्यता दिइसकेका हौँ।”

सांसद राईले राष्ट्रिय सेवा दललाई सेनाको निर्देशनमा राख्ने प्रस्तावमाथि आपत्ति जनाउँदै राज्यका विभिन्न संरचना तथा जिम्मेवारीमा सैनिक र पूर्वसैनिकलाई प्राथमिकता दिने प्रवृत्तिमाथि समेत प्रश्न उठाउनु भयो ।

सांसद राईले नेपाली सेनाको संख्या र भूमिकाबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनु भयो । मुलुकको वर्तमान सुरक्षा आवश्यकता, युद्धको सम्भावना र विपद् व्यवस्थापनको आवश्यकतालाई आधार बनाएर सेनाको भूमिका निर्धारण हुनुपर्ने उनको तर्क थियो ।

“एक लाख सेना छ नेपालमा, कतिवटा युद्ध लडेका छ ? के आवश्यकता छ ? सलामी, मलामी र गुलामी?” राईले प्रश्न गर्नुभयो ।

नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भइरहेको उल्लेख गर्दै उनले मुलुकभित्र विपद् व्यवस्थापन तथा उद्धारका काममा सेनालाई अझ व्यापक रूपमा परिचालन गर्न सकिने बताउनुभयो ।

“आफू पनि तलब खाने र विदेशमा गएर अरूका लागि शान्ति मिसनका रूपमा जाने, त्यहाँ पनि तलब खाने भन्ने मात्रै हो? कि अरू पनि काम छन्?” उनले प्रश्न गरे, “त्यो सेना हामीसँग अपुग हो कि के हो? त्यसलाई हामीले विपद्मा, कुनै विपत्र् िआएमा खटाउन सक्ने होइन?”

सांसद राईले राष्ट्रिय सेवा दल गठन गर्नुको सट्टा विद्यमान सुरक्षा संरचनालाई नै विपद् व्यवस्थापन र नागरिक सेवामा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सेवा दलमार्फत विद्यालय तहका विद्यार्थीलाई तालिम दिने प्रस्तावमा बालअधिकार र संवैधानिक प्रश्नसमेत रहेको राईको भनाइ थियो । माध्यमिक तहमा अध्ययनरत १३–१४ वर्षका बालबालिकालाई सैनिक प्रकृतिको तालिमसँग जोड्दा संविधानसँग त्यसको सामञ्जस्य परीक्षण गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय सेवा दलको सट्टा विद्यालयमै नैतिक शिक्षा, विपद् व्यवस्थापन तथा आवश्यक व्यावहारिक तालिमलाई पाठ्यक्रममा समावेश गर्न प्रस्ताव गर्नुभयो । त्यस्तो तालिम लिएका विद्यार्थीको अभिलेख सरकारले राख्न सक्ने र विपद्का बेला स्वयंसेवी जनशक्ति परिचालन गर्न सकिने उनको भनाइ थियो ।

राईले राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकलाई लोकतान्त्रिक शासन प्रणाली र भविष्यमा हुन सक्ने शक्तिको दुरुपयोगको दृष्टिले समेत हेर्नुपर्ने बताउनु भयो ।

“हामी डेमोक्रेटिक प्याटर्नमा गइरहेका छौँ कि डिक्टेटर प्याटर्नमा गइरहेका छौँ?” उनले प्रश्न गरे, “भोलि तपाईंको हातमा नेतृत्व रहेन भने यसको प्रयोग र दुरुपयोग कसरी हुन्छ भन्ने कुरातिर पनि ध्यान जानुपर्छ।”
“यो सेवा दल विधेयकको कुनै औचित्य छैन,” राईले भने, “म एकदम क्लियरकट भन्छु, अहिलेको अवस्थामा यसमा षड्यन्त्रको गन्ध छ ।”

उनले नेपाली सेनाको संख्या र कार्यक्षेत्रसमेत पुनरावलोकन गरी उपलब्ध जनशक्तिलाई विपद् व्यवस्थापन, उद्धार तथा अन्य राष्ट्रिय आवश्यकतामा परिचालन गर्नुपर्ने बताउनु भयो । रासस