७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने
अ+ अ-

जनकपुरधाम। धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकाय, ग्यास उद्योग तथा बिक्रेताको संयुक्त बैठकले ग्यासको सहज आपूर्ति र समानुपातिक वितरण सुनिश्चित गर्न प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लामा रहेका एलपिजी ग्यास उद्योगले दैनिक बिक्री हुने ग्यासको विवरण अभिलेख राखी समानुपातिक रूपमा वितरण गर्ने, धनुषालाई प्राथमिकतामा राखेर ग्यास आपूर्ति गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

त्यसैगरी, ग्यास बिक्रेताले एक परिवारलाई एक सिलिन्डर मात्र बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने, व्यावसायिक प्रयोजनभन्दा घरेलु उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास बिक्रीवितरण गर्नुपर्ने निर्णय भएको प्रजिअ लुइँटेलले बताउनुभयो ।

कृत्रिम अभाव सिर्जना हुन नदिन आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै ग्यास बिक्रीवितरणका क्रममा बढी नाफा कमाउने उद्देश्यले अनुचित भण्डारण गर्ने, सहज आपूर्ति नगर्ने, बढी मूल्य लिने वा गलत नियतले कालोबजारी गर्ने व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रजिअ लुइँटेलको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले संयुक्त बजार अनुगमनलाई तीव्र बनाउने तथा माग, आपूर्ति र बिक्रीवितरणको नियमित अनुगमन गरी आवश्यक नियमन गर्ने निर्णयसमेत गरेको छ । पछिल्ला दिनमा ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ग्यास डिपोहरुको नियमित अनुगमन गरिरहेको जनाएको छ ।  रासस