७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
फाइल फोटो
अ+ अ-

सुदूरपश्चिम। सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ ।

उपकुलपति प्रा डा सुनिलकुमार जोशीले आज रासससँग कुरा गर्दै हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताउनुभयो ।

“यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।

त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन भई अन्य सैद्धान्तिक तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेका छन्”, उहाँले भन्नुभयो। प्रा डा जोशीले सुदूरपश्चिम प्रदेश सरकारबाट आज चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी भएको निर्णयको स्वागत गर्नुभएको छ ।

प्रदेश सरकारको निर्णयले सहकार्यको दायरा विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले कैलालीको सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

उपकुलपति प्रा डा जोशीले स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनबमोजिम आवश्यकताअनुसार तीनै तहका सरकारको स्वामित्वमा रहेका अस्पतालसँग सहकार्य गर्न सकिने र आजको निर्णयले त्यसमा सघाउ पुगेको बताउनुभयो।

विश्वविद्यालयमा शिक्षण कार्य सुरु भएमा विद्यार्थीको प्रयोगात्मक शिक्षण सिकाइ र ‘एक्स्पोजर’का लागि समुदायस्तरमा समेत परिचालित हुनुपर्ने भन्दै त्यस क्रममा सबै तहका अस्पतालसँग सहकार्य गरिने उहाँले बताउनुभयो ।

“विश्वविद्यालय भनेको निकै ठूलो संरचना हो । खासगरी चिकित्सा शिक्षामा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको निकै महत्व छ । त्यसैका लागि ऐनमा तीनै तहका अस्पतालसँग सहकार्य गर्ने व्यवस्था छ”, प्रा डा जोशीले भन्नुभयो, “हाल चार वटा अस्पतालसँग सहकार्य गर्छौं ।

भविष्यमा आवश्यकताअनुसार यहाँका सबै अस्पतालसँग सहकार्यको दायरा विस्तार हुन्छ ।” प्रादेशिक अस्पतालसँगको सहकार्यले विश्वविद्यालयमा शय्या विस्तारमा कुनै अवरोध नहुने भन्दै यसले पठनपाठनमा थप सहजता प्रदान गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

उपकुलपति प्रा डा जोशीले प्रादेशिक अस्पतालको शय्या देखाएर विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालमा शय्या विस्तारमा कुनै अवरोध हुन्छ कि भन्ने संशय नराख्न सबैलाई आग्रह गर्नुभयो ।

“कतिपयमा प्रादेशिक अस्पतालको शय्या देखाएर गेटामा शय्या विस्तार हुँदैन कि भन्ने संशय पनि हुनसक्छ, तर अन्य अस्पतालसँग सहकार्य गर्ने हाम्रो आधारभूत पक्ष हो । यसले शिक्षण सिकाइको दायरालाई विस्तार गर्ने हो, यहाँ काम रोकिने भन्ने होइन”, उहाँले भन्नुभयो ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा शिक्षण अस्पतालसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्नसक्ने उल्लेख छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले धेरै वर्षअघि गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय हालसम्म कार्यान्वयन नभएको अवस्थामा केही आशङ्का रहेको बताउनुभयो ।

आफूहरूको मुख्य माग शिक्षण कार्यसँगै विशिष्टीकृत अस्पताल सञ्चालन रहेकाले सोहीअनुसार दुवै काम एकसाथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

“हामी प्रदेश सरकारको निर्णयमा अविश्वास गरिहाल्दैनौँ, तर यही बहाना देखाएर गेटामा पूर्ण शय्यामा अस्पताल सञ्चालन गर्ने कुरा नरोकिओस् भन्ने हाम्रो धारणा हो। सोहीअनुसार काम हुनुपर्छ। अब थप अन्यौलता बढाउनुहुँदैन”, संयोजक पाण्डेले भन्नुभयो ।

विश्वविद्यलयमा यसै वर्षदेखि शैक्षिकसत्रदेखि एमबिबिएस (५० जना), बिएस्सी नर्सिङ (३० जना), बिएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी-२० जना) र बी अप्टोमेट्री (२० जना) कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको छ।

आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी बाँकी प्रक्रिया अगाडि बढाउने विषयमा आवश्यक निर्णय दिने जनाइएको छ । रासस