२१ श्रावण २०८३, बिहीबार
,
Latest
महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई स्वागत गर्दै यसले वैधानिक तथ्य र राजनीतिक सत्य अझ स्पष्ट हुने बताएका छन्।

शर्माले संक्षिप्त टिप्पणी गर्दै यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरी मुद्दाको न्यायिक निरूपण गरिसकेको स्मरण गराएका छन्।

उनका अनुसार पुनरावलोकनमा जानु आवश्यक नभए पनि अब हुने पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक पक्ष र राजनीतिक यथार्थलाई थप फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्नेछ।

उनले नेपाली कांग्रेस संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित सर्वोच्च अदालतसमक्ष पुनः प्रस्तुत गर्न पूर्ण रूपमा स्पष्ट, खुला र तत्पर रहेको पनि बताएका छन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै