२१ श्रावण २०८३, बिहीबार
,
Latest
जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ। कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा  जोडिनेछ ।

प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विद्युत् ऐन, २०४९ को दफा (४) को  व्यवस्थाअनुसार  विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

सो आयोजनाअन्तर्गत ४००/१३२  केभी, १६० एमभिए क्षमताको चैनपुर सबस्टेसन निर्माण हुनेछ । यस्तै, ४००/१३२  केभी र ३१५ एमभीए क्षमताको बनलेक (पश्चिम सेती)  सबस्टेसन समेत निर्माण हुनेछ ।

प्रसारण लाइनको लम्बाइ ६० किलोमिटर हुनेछ । त्यसमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ । टावरको अधिकतम उचाइ ६१ मिटर र टावरबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ भने न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म रहनेछ ।

प्रसारण लाइन निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ । त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर जमिन आवश्यक छ ।

विद्युत् मार्गको क्षेत्राधिकारअन्तर्गत २६५ हेक्टर जग्गा जरुरी पर्दछ । सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जग्गामध्ये सात हेक्टर बनलेक सबस्टेसनका लागि र १४ दशमलव ३७ हेक्टर चैनपुर सबस्टेसनका लागि जरुरी पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ ।

प्रसारण लाइनको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारण लाइन निर्माण एवम् सञ्चालन गर्दा भूक्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ । आयोजनाका बारेमा आवश्यक सुझाव तथा सल्लाह दिन विद्युत् विकास विभागले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।  रासस




भर्खरै