१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीले रुपन्देही जिल्लाबाट रु १० लाख बढीको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर डण्डा, रुपन्देहीबाट खटिएको मोबाइल टोलीले आज रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी इलाकाबाट लत्ताकपडा, कस्मेटिक सामान र दुई थान स्कुटर बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु १० लाख १२ हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २७ गण हेड क्वाटर, रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

सामानसहित युपी ५६ बीबी १६३५ र लु ४३ प ३०७ नम्बरको स्कुटर बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।