काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट सामान्य पहिरो खसेपछि एकतर्फी अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरण प्रयोग गरी पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो।
हाल उक्त क्षेत्रमा पानी परिरहेकाले पहिरोको जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको छ। सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरिएको छ।











