८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय

सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय
अ अ+ अ-

जनकपुरधाम। जनकपुरधामसहित धनुषाका विभिन्न स्थानमा भइरहेका प्रदर्शनलाई दृष्टिगत गरी सर्पक्षीय सद्भाव समितिले सामाजिक सद्भाव कायम राख्न सबै पक्षबीच समन्वय र सहकार्य गरिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा आज बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले सुनसरी घटना पश्चात् धनुषामा उत्पन्न शान्ति, सुरक्षाको अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षबीच आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

बैठकले जनकपुरधामसहित जिल्लाभर समाजिक सद्भाव, शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीति दल, सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

साथै नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न आवश्यक पहल र सहयोग गर्न सबै सरोकार भएका निकायसँग आग्रह गरिएको छ । यस्तै विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता प्रवर्द्धनका लागि जनकपुरधाममा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ लुइँटेलले जानकारी दिनुभयो ।

बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीति दलका प्रतिनिधि, धर्म गुरूहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस