१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति



अ+ अ-

काठमाडौँ। मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्दै जाँदा अमेरिकी सेनाले बुधवार राति इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ ।

तेहरानले अघिल्लो दिन गरेको मिसाइल आक्रमणको जवाफमा अमेरिकाले यो सैन्य कारबाही गरेको हो ।

अमेरिकी सेन्ट्रल कमान्डकाअनुसार बुधवार राति पूर्वी समय १० बजे (जीएमटी बिहीवार ०२०० बजे) इरानका विभिन्न सैन्य लक्ष्यहरूमाथि ‘ठूलो स्तरको आक्रमण’ गरिएको थियो । यो कारबाही इरानले गरेको मिसाइल प्रहारको प्रयासको प्रतिक्रियास्वरुप गरिएको सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छ ।

यस कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित दर्जनौँ स्थानहरूलाई निशाना बनाएको छ ।

आक्रमणमा मुख्यतया सैन्य कमान्ड सेन्टर, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी तथा रक्षा साइटहरू र सामुद्रिक सैन्य क्षमता भएका क्षेत्रहरूलाई लक्षित गरिएको सेन्ट्रल कमान्डले जनाएको छ ।

हाल मध्यपूर्वको क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरू परिचालन गरिएका छन् । अमेरिकी सेना अत्यन्त सतर्क र केन्द्रित रहनुका साथै कुनैपनि चुनौतीको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको दाबी सेन्ट्रल कमान्डले गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल