८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान
अ+ अ-

काठमाडाैँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ ।

सन् २०२६ को मे १४ मा हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेलगत्तै क्याम्प–२ झरेर मे १८ मा ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोही सी जुन्जी र नेपाली पथप्रदर्शक निङ्मा तामाङ र दावा नुरु राई शेर्पालाई सम्मान गरिएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ को एउटै सिजनमा ‘नन–स्टप’ (निरन्तर) दुई हिमालको सफल आरोहण गरेको भन्दै आज सम्मान गर्नुभएको हो ।

अधिकांश आरोही सगरमाथाको सफल आरोहणपछि क्याम्प–४ मा झरेर ल्होत्सेको आरोहण गर्ने गरेपनि सी जुन्जीको टोलीले भने क्याम्प–२ मा झरेर लोत्सेको आरोहण गरेको थियो । संयोजक दाहालले सी जुन्जीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गर्नुभयो । “सगरमाथा र ल्होत्सेको लगातार आरोहणले पर्वतारोहीको शारीरिक क्षमता, प्राविधिक सीप र मानसिक दृढताको कडा परीक्षा लिन्छ, सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई थप फराकिलो बनाएको छ”, उहाँले भन्नुभयो ।

उहाँले हिमालसँगको आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । आफ्नो दिवङ्गत छोरा ९प्रकाश दाहाल० ले पनि सगरमाथा आरोहण गरेको स्मरण गर्दै उहाँले हिमाललाई सम्मान गर्ने र सुरक्षित आरोहण गर्ने प्रत्येक पर्वतारोहीप्रति आफ्नो गहिरो आदर रहेको बताउनुभयो । उहाँले चीन र नेपालबीचको जनस्तरको पर्वतारोहण सम्बन्धले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आरोही सी जुन्जीले आफ्नो ऐतिहासिक सफलतामा नेपाली गाइडहरूको पूर्ण सहयोग रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि हिमालयन पर्वतारोहण र चीन–नेपालमैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू लाग्ने विश्वास व्यक्त गर्नुभयाे ।रासस