१ असार २०८३, सोमबार
,
Latest
अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिर ब्यवस्थापन समितीको साधारण सभा सम्पन्न



अ+ अ-

उर्मिला यादव, सुनवल । श्री दुर्गा मन्दिर ब्यवस्थापन समितीको सुनवल १२ भुमहीको १९ साधारण सभा बिहीबार भुमहीमा सम्पन्न भएको हो ।
श्री दुर्गा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षता तथा दिवा सेवा समितीका संयोजक धन प्रसाद पौडेलको प्रमुख आथित्यतामा १९ औ साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा श्री दुर्गा मन्दिर ब्यवस्थापन समितीका उपाध्यक्ष लक्ष्मी प्रधानले स्वागत मन्तय राख्नु भएको थियो भने समितीका अध्यक्ष भेषराज न्यौपानले मन्दिरको प्रगति बिवरण प्रस्तुत गर्दै बिगत लामो समयदेखि मन्दिर ब्यवस्थापनमा खटिएको र यसको उचित ब्यवस्थापनका लागी तन, मन र धनले अगाडी बढिरहेको बताउनु भएको छ ।

उहाले बिभिन्न समिती , उपसमिती , निमार्ण गरेर मन्दिरको बिकासमा आफुहरु हरपल लागी परेको बताउदै समिती र उपसमितीले धेरै प्रयास गर्दा पनि अझै पनि टारगेटमा पुग्न नसकेको बताउनु भएको छ । मन्दिर ब्यवस्थापनमा बिगतको समय भन्दा अहिलेको समयमा कामहरु धेरै सम्पन्न गरेको स्मरण गराउदै स्थापना कालदेखि नै मन्दिर ब्यवस्थापन र बिकासमा लाग्नु भएका सम्पुर्ण ब्यक्तित्वहरुलाइ धन्यवाद दिनु भएको थियो ।

तत्कालिन समयमा मन्दिरको ब्यवस्थापन नगरिदिएको भए आज यहा सम्म पुग्न नसकिने अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

स्थापना कालदेखि नै मन्दिरको ब्यवस्थापनमा गरीएको प्रयासमा आफुहरुले इटटा थप्दै गएको उहाले बताउनु भएको छ । अध्यक्ष न्यौपानेले सबैको सहकार्यबाट हामी काम गर्नुपर्ने र समिती मार्ग निर्देशन मात्र बताउनु भएको छ । उहाले निर्माण भैरहेका मन्दिरहरुमा बिभिन्न संघ संस्था र ब्यक्तित्वहरुबाट सहयोग प्राप्त भैरहेको बताउदै मन्दिर ब्यवस्थापन समितीको कोषबाट रकम खर्च नभएको बताउनु भएको छ ।

मन्दिरको शिवालय , धर्मशाला , पुजा गर्ने चौको , अखण्ड दिप प्रज्वलन मन्दिर , गणेश मन्दिर , नौ ग्रहमन्दिर , निमार्णमा कोषबाट लगानी नगरी प्राप्त भएका सहयोगबाट कार्य गर्दै आएको बताउदै यस्तो सहयोगको अपेक्षा सधै रहिरहने बिश्वास ब्यक्त गर्नु भएको छ । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष भेषराज न्यौपानले मन्दिरको मातहतमा रहेर दिवा सेवा संचालन गरीएको समेत बताउनु भएको छ । उहाले दिवा सेवा बिगत दुइ बर्षको पहिलो कार्यकाल चुरामणी भटटराइ बाट सुरु भएको बताउदै दोस्रो कार्यकाल धनप्रसाद पौडेलको नेतृत्वमा संचालन भैरहेको जानकारी दिनु भएको छ ।
सुनवल नगरपालिका वडानम्बर १२ भुमहीमा रहनु भएका जेष्ठ नागरीकहरुलाइ घरमा बस्दा दिन काटने बाटो नभएकोले मन्दिरमा उहाहरुको लागी भजन किर्तन , लगायत टेलिभिजन हेर्ने लगायतका दिवा सेवा संचालन गरीएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ । उहाले चालु आर्थिक बर्ष २०७५ र ७६ को लागी सुनवल सामुदायिक प्रतिष्ठाबाट गत बर्ष एक लाख बराबरको नगद तथा सामानहरु प्राप्त भएको जानकारी दिनु भएको छ ।

यस्तै गरी मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष यमलाल पाण्डेले दुर्गा मन्दिर ब्यवस्थापन समितीको आयब्यय प्रस्तुत गर्दै प्रदेशनम्बर ५ का प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेल मार्फत संघिय संसदलाइ प्राप्त हुने ६ करोड, रुपैयामध्ये गतबर्ष २०७५, ७६ मा दुर्गामन्दिर हल निमार्णका लागी स्थानिय साझेदारी बिकास कोष अन्र्तगत २० लाख रुपैया प्राप्त भएको जानकारी दिनु भएको छ ।

समितीका कोषाध्यक्ष पाण्डेले २०७५, ७६आयब्यय बिवरण अन्र्तगत आयतर्फ मौज्दात रकम १लाख ८ हजार १ सय ६४ रुपैया रहेको जानकारी दिनु भएको छ । गतबर्षको नगद तर्फ ६ सय ११ रुपैया , यस्तै गरी लगानी गरेको सावा रकम असुलीमा रहेको २७ लाख आम्दानी साथै ६ लाख ४३ हजार २ सय रुपैया ब्याज प्राप्त भएको बताउनु भएको छ । यस्तै गरी दुर्गा मन्दिरको रसिद आम्दानी तर्फ ७६ हजार ३ सय १३ रुपैया , अखण्ड दिप तर्फ नगदी १५ हजार रुपैया , दान तर्फ ३१ ह्जार ८ सय ११ रुपैया , घरभाडाबाट दुइ हजार एक महिनाको दरले ९ महिनाको १८ हजार रुपैया आम्दानी गर्न सफल भएको बताउनु भएको छ ।

उहाले कुल खर्च २७ लाख ३० हजार , रहेको बताउदै ३६ लाख ११ हजार १ सय ३२ रुपैया आम्दानी गर्न सफल भएको बताउनु भएको हो ।

कार्यक्रममा दुर्गा मन्दिर ब्यवस्थापन समितीका आजीवन सदस्य प्रेमलाल भण्डारी , र चिरन्जिवी बस्याल लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन दुर्गा ब्यवस्थापन समितीका सचिव गोपाल प्रसाद पाण्डेले गर्नु भएको थियो ।