१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरेका स्कुलमा संविधान दिवसको विशेष कार्यक्रम



अ+ अ-


संबिधान दिवसको पूर्व सन्ध्यामा राजधानीको तारकेश्वरमा रहेको युरेका हाइस्कुलले बिहीबार आफ्ना बिद्यार्थीलाइ नेपालको झन्डासहित प्राथना सभा गरेको छ ।


नेपाल सरकारले ३ दिनसम्म संविबधान दिवस झन्डा सहित मनाउने निर्णय गरेअनुरुप आफ्नो बिद्यालयमा सो कार्यक्रम गरिएको उक्त विद्यालयका प्रिन्सीपल सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।


सो सभामा अधिकारीले संबिधान र राष्ट्रिय झन्डाको महत्वको बारेमा विद्यार्थीहरुलाई प्रवचन दिनुभएको थियो ।


तारकेश्वोर नगरपालिकाले उक्त विद्यालयलाई शिक्षा दिवसमा नगरको उत्कृष्ट बिद्यालय घोषण गरेको थियो । यो विद्यालयले यस्ता गतिविधिलाई विद्यार्थीसमक्ष सदैब राख्ने गरेको पनि अधिकारीले बताउनुभयो ।


उक्त प्रार्थना सभामा अधिकारीले ३ दिन सबैले आफ्नो घरमा दिपावली गर्न विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई पनि आग्रह गर्नुभएको थियो ।


विद्यार्थीहरुलाई व्यावहारिक शिक्षण विधिका माध्यमबाट पठन पाठन गर्ने गर्दछ । विद्यार्थीहरुलाई बढी सिर्जनात्मक र जानकारीमूलमक बनाउन उक्त विद्यालयले बाल संसददेखि अन्य ज्ञावद्र्धनक क्रियाकलापहरु पनि आयोजना गर्ने गर्दछ ।