८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक

निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक
अ अ+ अ-

काठमाडौं। सर्वोच्च अदालतले अदालतका कामकारबाहीको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) सम्बन्धी स्पष्ट मापदण्ड र निर्देशिका तयार नहुँदासम्म गोपनीयता तथा संवेदनशील प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिवक्ता जीवनकुमार शाहीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले प्रत्यक्ष प्रसारणलाई व्यवस्थित बनाउन आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माणको प्रक्रिया जारी रहेकाले त्यसअघि केही प्रकृतिका मुद्दामा प्रसारण रोक्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ।

आदेशअनुसार कानुनले गोप्य राख्नुपर्ने विषयवस्तु तथा बन्द इजलासमा हुने सुनुवाइ प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। साथै, अदालतका भिडियो सामग्रीलाई सम्पादन, तोडमोड वा सन्दर्भविहीन क्लिप बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गतिविधि पनि रोक्नुपर्ने अदालतको भनाइ छ।

यस्ता कार्यले न्याय सम्पादनको प्रक्रियामाथि प्रतिकूल असर पार्नुका साथै सर्वसाधारणमा भ्रम र पूर्वाग्रह सिर्जना हुन सक्ने ठहर सर्वोच्चको छ। त्यसैले भ्रामक भिडियो क्लिप्सको प्रसारण वा प्रकाशन रोक्न आवश्यक समन्वय गर्न सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने आदेशसमेत भएको छ।

रिट निवेदनमा स्पष्ट कार्यविधि र मापदण्डबिनै अदालतका सुनुवाइ प्रत्यक्ष प्रसारण गर्दा मुद्दाका पक्ष, कानुन व्यवसायी तथा न्यायिक प्रक्रियाप्रति एकतर्फी धारणा बन्न सक्ने र त्यसले न्यायिक निष्पक्षतामै असर पुग्न सक्ने जिकिर गरिएको थियो।

यसअघि विशेष अदालत काठमाडौं र उच्च अदालत जनकपुरलगायत केही अदालतले आफ्ना इजलासको प्रत्यक्ष प्रसारण गर्दै आएका थिए। सर्वोच्चको पछिल्लो अन्तरिम आदेशसँगै आवश्यक निर्देशिका जारी नहुन्जेल गोपनीयता र संवेदनशीलता भएका मुद्दाको लाइभ स्ट्रिमिङ रोकिने भएको छ।