१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षका प्रकाश थारू र ३४ वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टीटयाङ्कीमा फसेको अवस्थामा तीनै जनालाई मृतावस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रहरीले जेसिबीको सहायताले सेफ्टीटयाङ्की फुटाए तीनै जनाको शव आज बिहान बाहिर निकालेको थियो । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।