१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा सुशासन कायम गर्न राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै सांसद केसीले राजनीतिक दलहरू सुशासनको पहिलो पाठशाला भएको उल्लेख गर्नुभयो । सांसद केसीले वर्तमान निर्वाचन पद्धति र प्रक्रियामा सुधार नगरी अब मुलुक अघि बढ्न नसक्ने बताउनु भयो ।

उहाँले राजनीतिक दलहरूमा विकास हुने संस्कृति र संस्कारले नै राष्ट्र सञ्चालनको पद्धति निर्धारण गर्ने हुँदा ‘पोलिटिकल पार्टी रिफर्म’ (राजनीतिक दल सुधार) को एजेण्डालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरूभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्न निर्वाचन आयोगको प्रभावकारी नियन्त्रण र सुपरीवेक्षण आवश्यक रहेको बताउनु भयो । दलहरूको आन्तरिक लोकतान्त्रिक व्यवस्थापन कमजोर भएको उहाँको भनाइ छ ।

सांसद केसीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा व्यापक संशोधन गरी यसलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । निर्वाचनमा भाग नलिने र निष्क्रिय रहेका दलहरूलाई खारेज गर्ने विषयमा चर्चा गर्दै उहाँले संविधानको धारा १७ ले प्रदान गरेको स्वतन्त्रताको अधिकार र लोकतन्त्रका आधारभूत मान्यतासँग सम्झौता नहुने गरी उचित निष्कर्ष निकाल्नुपर्ने बताउनु भयो ।

वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको र सामान्य व्यक्तिले चुनाव लड्नै नसक्ने स्थिति सिर्जना भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । भ्रष्टाचार न्युनिकरणका लागि पनि निर्वाचनमा ‘स्टेट फन्डिङ’ (राज्यद्वारा वित्तीय व्यवस्थापन) को मोडालिटीबारे दलहरूबीच सहमति जुटाएर अघि बढ्नुपर्ने उहाँको प्रश्ताव छ । प्रश्तावित प्रमुख निर्वाचन आयुक्तलाई सुझाव दिँदै सांसद केसीले संस्था कानून र नियमले मात्र नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको नैतिक बल र पद्धतिबाट चल्ने उल्लेख गर्नुभयो ।–न्युज एजेन्सी नेपाल