८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप

प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप
अ अ+ अ-

काठमाडाैँ । प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध परेको उजुरीका सम्बन्धमा बुधवार संसदीय सुनुवाइ समितिले उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरेको छ ।

समितिको बैठकमा आफ्नो धारणा राख्दै लुइँटेलले प्रश्तावित आयुक्त कार्कीको विगतको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उहाँले राज्यलाई ५० करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्शानी पु¥याएको दाबी गर्नुभयो । उजुरीकर्ता लुइँटेलकाअनुसार सन् २०२२ को फिफा विश्वकप प्रशारणको अनुमति दिने क्रममा प्रचलित कानूनी प्रक्रिया र वित्तीय अनुशासनको उल्लंघन गरिएको छ ।

‘मिडिया हब’ नामक कम्पनीले नेपाल टेलिभिजनलाई करिव ७ करोड ३५ लाख रुपैयाँ वक्यौता बुझाउन बाँकी रहँदा पनि सोही सञ्चालकको अर्को कम्पनी ‘एस्ट्रो मिडिया’ लाई प्रशारण अनुमति दिएर राज्यकोषमा आघात पु¥याइएको लुइँटेलको जिकिर छ । उहाँले बैंक ग्यारेन्टी जफत भइसकेको र सरकारी वक्यौता नतिरेको कम्पनीलाई लाइसेन्स नवीकरण र विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउनु गैरकानूनी भएको तर्क गर्नुभयो ।

छलफलका क्रममा लुइँटेलले विश्वकप प्रशारणका लागि दर्शकहरूबाट ९ सय रुपैयाँभन्दा बढी असुल गरिएको र नेपाल राष्ट्र बैंकमार्फत १७ लाख ७५ हजार अमेरिकी डलर (करिव २५ करोड रुपैयाँ) बाहिर पठाइएको विषयमा समेत आपत्ति जनाउनु भया ।  उहाँले भन्नुभयो, ‘२३ हजार रुपैयाँ मात्र ब्यालेन्स सिटमा भएको कम्पनीले कसरी २६ करोडको कारोबार गर्न सफल भयो ? यो वित्तीय र कानूनी दुवै दृष्टिले त्रुटिपूर्ण छ ।’

समितिको बैठकमा सांसद प्रेमप्रसाद दङ्गालले उजुरीका सम्बन्धमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणबाट प्राप्त जानकारी उल्लेख गर्दै थप शुल्क असुल गर्ने कुनै आधिकारिक आदेश नभएको र पाइरेटेड वेबसाइटहरू बन्द गर्न निर्देशन दिइएको सन्दर्भमा स्पष्टीकरण माग्नुभएको थियो । सांसद मधुकुमार चौधरीले सर्वोच्च अदालतमा परेको रिट निवेदन ‘दरपीठ’ (खारेज) भएको र सो आदेशविरुद्ध माथिल्लो इजलासमा किन नगएको भनी प्रश्न गर्नुभयो ।

जवाफमा उजुरीकर्ता लुइँटेलले समयको अभावका कारण आफू शुरुमा प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालय गएको र सुनुवाई नभएपछि मात्र अदालत पुगेको स्पष्ट पार्नुभयो । उहाँले नेपाल टेलिभिजनको लेजरमा अझै पनि ७ करोड ३५ लाख रुपैयाँ वक्यौता रहेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्नुभयो । संवैधानिक निकाय जस्तो गरिमामय पदमा नियुक्ति गर्दा विवादरहित र स्वच्छ छवि भएको व्यक्ति हुनुपर्ने भन्दै लुइँटेलले प्रश्तावित व्यक्तिको योग्यता र नैतिकतामाथि प्रश्न उठाउनु भयो । समितिले उजुरीकर्ताको भनाइ र उपलब्ध गराएका प्रमाणहरूका आधारमा प्रश्तावित आयुक्त कार्कीसँग थप छलफल गर्ने तयारी गरेको छ । –न्युज एजेन्सी नेपाल