८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना

निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना
अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने निष्क्रिय राजनीतिक दलहरूलाई खारेज गर्ने वा मर्जरमा लैजाने प्रश्ताव अघि सार्नुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले राजनीतिक दल दर्ता र सञ्चालनका विद्यमान कानूनी व्यवस्थामा परिमार्जनको आवश्यकता रहेको बताउनुभएको हो । प्रश्तावित प्रमुख आयुक्त कार्कीले लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियामा सहभागी नहुने दलहरूलाई सधैँ अस्तित्वमा राखिरहनुको औचित्य नहुने उल्लेख गर्नुभयो ।

दल दर्ता गर्ने तर निर्वाचनमा सहभागी नहुने प्रवृत्तिलाई निरुत्साहित गर्न कानूनी सरलीकरण र स्पष्ट मापदण्ड निर्माणमा उहाँले जोड दिनुभयो । निर्वाचनमा भाग लिएर जनताको विश्वास जित्ने दलको मात्र वैधानिकता हुनेगरी निश्चित मापदण्ड तयार गरिने उहाँको प्रश्ताव छ । सक्रिय नहुने दलहरूलाई खारेज गर्ने वा अन्य दलसँग एकीकरण (मर्जिङ) का लागि प्रोत्साहित गर्ने नीति लिइने उहाँले स्पष्ट पार्नुभयो ।

यसैगरी, राजनीतिक दलहरूले संकलन गर्ने चन्दा प्रक्रिया पेचिलो र विवादास्पद बन्दै गएको भन्दै कार्कीले दलहरूलाई राज्यले नै फण्डिङ गर्ने व्यवस्थाको प्रश्ताव गर्नुभयो । दलहरूलाई चन्दाको प्रभाव र विवादबाट मुक्त गर्न निश्चित सर्वस्वीकार्य सूचकका आधारमा सरकारी कोषबाटै बजेट विनियोजन गर्ने उहाँको योजना छ । यस्तो व्यवस्थाले दलहरूको खर्च प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दल दर्ताको विद्यमान कानुनी व्यवस्थालाई सरल, स्पष्ट र मापदण्डमा आधारित बनाउन आवश्यक छ । निर्वाचनमा निरन्तर सहभागी नहुने वा जनताको विश्वास प्राप्त गर्न नसक्ने दललाई अनिश्चितकालसम्म कायम राख्नु उपयुक्त हुँदैन । त्यस्ता दललाई खारेज गर्ने वा एकीकरण (मर्जर) गर्न प्रोत्साहन गर्ने व्यवस्था हुनुपर्छ । त्यस्तै, राजनीतिक दलको वित्तीय व्यवस्थालाई पारदर्शी बनाउन चन्दा प्रणालीमा निर्भरता घटाई निश्चित र सर्वस्वीकार्य मापदण्डका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यसले दलको वित्तीय व्यवस्थापन थप पारदर्शी र उत्तरदायी बन्नेछ ।’

प्रश्तावित प्रमुख आयुक्त कार्कीले निर्वाचन आयोगलाई थप सुदृढ बनाउन र राजनीतिक दलहरूलाई जनताप्रति उत्तरदायी बनाउन यी सुधारका कार्यहरूलाई आफ्नो प्राथमिकतामा राखेको जानकारी समितिलाई गराउनु भयो । –न्युज एजेन्सी नेपाल