८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता
तस्बिर: एपी
अ+ अ-

टोकियो। जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागी र मानिस घाइते भएका घटना सार्वजनिक भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले सुरुमा कुमामोतो, नागासाकी, फुकुओका र सागा प्रिफेक्चरका पश्चिमी तट तथा आसपासका आरियाके र यात्सुशिरो सागरमा सुनामीको चेतावनी जारी गरे पनि करिब दुई घण्टापछि फिर्ता लिएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले सुरुमा भूकम्पको तीव्रता सात दशमलव एक म्याग्निच्युड रहेको जनाए पनि पछि संशोधन गरी छ दशमलव आठ म्याग्निच्युड कायम गरेको छ ।

प्रधानमन्त्री सानाए ताकाइचीले सम्भावित क्षतिको विवरण सङ्कलन, मूल्याङ्कन तथा आवश्यक उद्धारकार्यका लागि सरकारले कार्यदल गठन गरेको बताउनुभएको छ । उहाँका अनुसार सडक, पुल तथा भवनमा क्षति पुगेको, विद्युत् आपूर्ति अवरुद्ध भएको र केही स्थानमा आगलागी भएको छ । केही मानिस घाइते भएको  उहाँले जानकारी दिनुभएको छ ।

क्योदो समाचार एजेन्सीका अनुसार यात्सुशिरो सहरको एउटा अस्पतालमा भूकम्पमा घाइते भएका करिब ४० जनालाई उपचारका लागि भर्ना गरिएको छ । यात्सुशिरो स्टेसनमा एउटा रेल लिकबाट बाहिरिएको तथा कुमामोतो दरबारको ढुङ्गाको पर्खालमा क्षति पुगेको जनाइएको छ ।

नजिकैको माशिकी सहरमा एउटा मन्दिरका ढुङ्गाका लालटिन भत्किएका छन् । स्थानीय बासिन्दाले भूकम्पको धक्काले सन् २०१६ मा कुमामोतोमा गएको शक्तिशाली भूकम्पको स्मरण गराएको बताएका छन् ।

जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले प्रमुख सार्वजनिक संरचना तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विवरण प्राप्त नभएको जनाएको छ । यद्यपि, स्थानीय दमकल कार्यालयमा आगलागी र घरमा क्षति पुगेको जानकारीसहित धेरै आपत्कालीन फोन आएका छन् ।

जेएमएका भूकम्प तथा सुनामी प्रतिरोध योजना अधिकारी शिन्जी कियोमोटोले भूकम्पपछि क्षेत्रमा भूकम्पीय गतिविधि बढेको बताउँदै आगामी दुइदेखि तीन दिनसम्म विशेष सतर्क रहन बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले हालसम्म भूकम्पका कारण सुनामी नदेखिएको जानकारी दिनुभएको छ ।

जापानको आणविक नियमन प्राधिकरणका अनुसार नजिकका तीन आणविक ऊर्जा केन्द्रमा कुनै असामान्य अवस्था देखिएको छैन ।

भूकम्पपछि क्युशुमा शिन्कानसेन बुलेट रेल तथा स्थानीय रेल सेवा सुरक्षा जाँचका लागि स्थगित गरिएको छ । आसो कुमामोतो विमानस्थलको धावनमार्ग पनि बन्द गरिएको छ । जापानी रक्षा मन्त्रालयले अवस्थाको मूल्याङ्कनका लागि प्रभावित क्षेत्रमा विमान पठाएको जनाएको छ ।

कुमामोतोमा सन् २०१६ मा गएको शक्तिशाली भूकम्पमा ५० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै करिब एक हजार ८०० जना घाइते भएका थिए । त्यसबेला दशौँ हजार घरमा क्षति पुगेको थियो ।  (रासस/एपी)