२ आश्विन २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा जेन्जी पुस्ताका सांसदसँग विशेष अन्तरक्रिया माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त



अ+ अ-

कर्णाली। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

नेकपा (एमाले)को समर्थनमा आज अपरान्ह ५ः०० बजे शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको थियो ।

काउचाका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच यही साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो । रासस