८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग
अ+ अ-

काठमाडाैँ । असार १४ गतेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।

१५ दिनको स्थगनपछि बस्न लागेको बैठकको कार्यसूची र सदनमा देखिएका अवरोध हटाउने विषयमा केन्द्रित रहेर मंगलवार सिंहदरबारमा उक्त छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदको आगामी बैठकलाई व्यवस्थित बनाउन सभामुखले आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति र पछिल्लो समय विदेशमा भएका दुःखद् घटनाहरूबारे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राखेका छन् । दलहरूले संसदीय नियमावलीमा व्यवस्था भएबमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा समेत जोड दिएका छन् ।

साथै, शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने माग गरिएको छ । संसदमा एक सांसदले उठाएको विषयमा अर्को सांसदले सरकारको बचाउ गर्दै जवाफ दिने विगतको अभ्यासले संसदीय मर्यादामा आँच पुगेको भन्दै त्यस्तो प्रवृत्ति सुधार्न सुझाव दिइएको छ ।

छलफलमा सुनसरीमा हालै भएको घटनाबारे अनौपचारिक कुराकानी भएपनि त्यसलाई संसदकै औपचारिक बैठकमा उठाउने र सरकारसँग जवाफ माग गर्ने समझदारी भएको बताइएको छ । मंगलवारको बैठक मुख्यतः प्रतिनिधि सभाको आगामी बैठकको व्यवस्थापन र दलहरूको जिम्मेवारीमा केन्द्रित रहेको दुलालले बताउ