१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी



अ+ अ-

काठमाडाैँ । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले वैकल्पिक व्यवस्थापनको माग गर्दै मंगलवार पनि आन्दोलन जारी राखेका छन् ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै उनीहरुले मंगलवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन् ।

सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरुको गुनासो छ । सरकारले आफूहरुको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो ।

१५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको उचित व्यवस्थापन गर्न सकेको छैन । सत्तारुढ दल रास्वपाको चुनावी वाचाविपरित देशका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लखेट्ने कार्य भएको भन्दै आन्दोलन भइरहेको छ ।




भर्खरै