१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
मंगलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा सांसद पुनले यस्तो बताउनुभएको हो ।

सांसद पुनले प्रश्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि (आईटी) क्षेत्रको विज्ञता र संयुक्त राष्ट्रसंघीय मिसनमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै उहाँको अवधारणा पत्र र प्रश्तुति प्रभावकारी रहेको बताउनु भयो ।

पुनले निर्वाचनमा भित्रिएको नयाँ प्रविधि र त्यसले निम्त्याउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त गर्नुभयो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिपफेक र एल्गोरिदमका कारण निर्वाचनको समयमा भ्रामक र उत्तेजक सामग्री प्रचार हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । सांसद पुनले मुलुकबाहिर रहेका ठूलो संख्याका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

हालैको निर्वाचनमा मतदान प्रतिशत न्युन रहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमार्फत निर्वाचन क्षेत्र बाहिर र विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिनुभयो । विकसित मुलुकहरूमा समेत प्रविधिमार्फत निर्वाचन प्रभावित पार्ने प्रयास भइरहेको सन्दर्भमा नेपालले यसको सुरक्षा र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

विगत एक दशकदेखि ईभीएमको चर्चा चले पनि यसको विश्वसनीयतामाथि अझै प्रश्न उठिरहेको पुनले बताउनु भयो । पुनले ईभीएमसँगै म्यानुअल अडिटको व्यवस्था गरी विश्वसनीयता बढाउन सकिने बताउनु भयो ।




भर्खरै