१२ श्रावण २०८३, मंगलवार
,
Latest
गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो ।

विभागले पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । आज देशका प्रायः स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् डेविट ढकालले आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।

आज देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश र कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । ढकालले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।

आज राति पनि देशका पहाडी भू–भागका केही स्थान तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको बताइन्छ । विभागले भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । रासस